आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस,राष्ट्रपति भण्डारले दिइन यस्तो सन्देश

काठमाडौं, फागुन २४ । आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले विभिन्न र्‍याली, गोष्ठी तथा अन्तर्क्रियालगायतका कार्यक्रम आयोजना गरिरहेका छन् । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

सन् १८५७ देखि नै श्रमिक महिलाहरुले आफ्नो श्रम शोषणका विरुद्ध आवाज उठाएका थिए । यसरी उठ्दै आएको आवाज सन् १८९७ मा आइपुग्दा अझ सशक्त बन्दै गएकाले अमेरिकाको न्यूयोर्कमा एउटा गार्मेन्ट फ्याक्ट्रिमा काम गर्ने श्रमिक महिला समूहले आफ्नो काम गर्ने समय १० घण्टा मात्र हुनुपर्ने माग राख्दै गएबाट अझ सशक्त बन्दै गएको पाइन्छ ।

यसरी सन् १९०६ मा जर्मनको स्टुटगार्ड भन्ने ठाउँमा समाजवादी महिलाहरुले प्रथम अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनको आयोजना गरेका थिए । उक्त सम्मेलनले श्रमिक महिला संगठन स्थापना गर्‍यो र यसको नेतृत्व महिला श्रमिक नेता क्लारा जेट्किनले गरेकी थिइन् ।

उक्त संगठनमार्फत् १९०८ मा महिलाले भोट दिन पाउनुपर्छ भनी विभिन्न विरोध प्रदर्शन गर्न थालियो । यसरी सन् १९१० मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन सम्पन्न भयो । यो सम्मेलनले सन् १९११ मा प्रथम श्रमिक महिला दिवस र पछिका वर्षहरुमा यसलाई अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक राष्ट्रका महिलाले मनाउन थालेका हुन् ।

नारी दिवस हरेक वर्ष विश्वभरका महिलाले एउटा प्रथा परम्परा र चाडका रुपमा मनाउँदै आएका छन् ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गरेकी छन् । उनले सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।

“संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमकोसमेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ”, सन्देशमा भनिएको छ ।

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv