‘ए मेरो हजुर ३’ को पहिलो गीत सार्वजनिक सुहायो अनमोल र सुहानाको केमेष्ट्री

काठमाण्डौ २ ,चैत । झरना थापा द्वारा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।नायक अनमोल केसि र नायिका सुहाना थापा स्टारर ‘जिन्दगी नै भन्दिन’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।

सुगम पोख्रेल र प्रबिशा अधिकारिको स्वरमा रहेको उक्त गितले युटुबमा अत्याधिक प्रसंशा पाएको छ । तीन दिनमा दस लाख भन्दा बढी भ्युज पाएको गीत अहिले सम्म युटुबको ट्रेन्डिङ नम्बर ४ मा परेको छ ।

अधिकांश दर्शकले अनमोल केसी र डेव्यु गर्ल सुहाना थापाको केमेष्ट्री सुहाएको प्रतिकृया दिएका छन । चलचित्रमा अनमोल केसी ,सुहाना थापा, अर्पण थापा, सलोन बस्नेत, सरोज खनाल, रबिन्द्र झा, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, राहुल शाह, प्रविन सिंह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

भने यसलाई सुनिल कुमार थापाले निर्माण गरेका छन । चलचित्र आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभरका हलहरु बाट प्रदर्सनमा आउँदै छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv