चलचित्र ‘अघोरी’ को आज बेलुका टिजर सार्वजनिक गरिने भएको छ

काठमाण्डौ १६, चैत । भोमन कटुवाल निर्देशित चलचित्र ‘अघोरी’ को टिजर रिलिज हुने भएको छ। चलचित्र निर्माण टिमका अनुसार आज बेलुका को समयमा उक्त टिजर रिलिज गर्न लागिएको हो ।

थ्रिल एक्सन र लभ स्टोरी कथा बस्तुमा आधारित रहने चलचित्रको टिम गत चैत १ देखी फ्लोरमा निस्केको हो । निर्देशक कटुवालले नेपाली सिनेमा बजारमा थ्रिल एक्सन चलचित्र बनाउन निकै नै चुनौतिपूर्ण काम भएता पनि यो चलचित्रले दर्शकको राम्रो साथ पाउने कुरा बताएका छन ।

बिलभ्ड इन्टर्टेनमेन्ट प्रा. लि. को ब्यानरमा राधादेवी कटुवालको निर्माण रहेको चलचित्रमा दिशा पाठक कार्यकारी निर्माता रहेकी छिन ।

आगामी असोज १७ गते लाई रिलिज मिती तय गरिएको चलचित्रमा प्रज्वल गिरी, शारदा राज्यलक्ष्मी शाह, उमेश खड्का, मुनम मल्ल ठकुरी, सुरबिर पण्डित, शुशिल पोख्रेल, बिन्दा तामाङ, किरण संग, तारा शाही ठकुरी, अनिता नेगी, पर्बिन तामाङ लगायतका कलाकारहरुको अभिनय रहने छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv