नेपाली चलचित्र ब्यावसायिक रुपमा असफल किन ? यसो भन्छन चलचित्रका हस्तीहरु

काठमाण्डौं,चैत २५ । संख्यात्मक रुपमा यस बर्ष पनि चलचित्र १०० को हाराहारीमा प्रदर्शनमा आए । आधा दर्जन चलचित्रले आफ्नो लगानी उठाए पनि केही चलचित्र सफल भए र बाँकी ६ दर्जन चलचित्रले आफ्नो लगानी उठाउन सकेन । चलचित्रले ब्यावसायिक सफलता नपाउनुले भबिश्यमा नेपाली चलचित्र निर्माणमा कमी आउने सम्भावना नहोला भन्न सकिन्न, कलाकारको स्टारडमले मात्र चलचित्र धान्न नसक्ने उदाहरण लिन सकिन्छ ।

चलचित्र क्षेत्रका हस्ती मानिएका बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा भन्नु हुन्छ “नेपाली चलचित्रको पछील्लो बर्षको तुलनामा धेरै बने पनि गुंणात्मक हुन सकेन, हाम्रो बजार सानो छ त्यो पनि दुई पटक मात्र हेर्ने दर्शक बनेका छन एउटा नयाँ बर्ष अर्को चाडवाड । त्यसैले सिनेमा भनेको सँधै भरी हेर्न बातावरण भयो भने अवस्य पनि भबिश्य राम्रो छ । त्यस्तै बरिष्ठ नायक कृष्ण मल्ल भन्नु हुन्छ सिनेमाको बजार प्रवर्दनमा सरकारले मुलुक बाहिर पनि हेर्न सक्ने बातावरण बनाए ब्यावसिक सफल हुने थियो भने ,त्यस्तै बरिष्ठ नायक रबिन्द्र खड्काको पनि भनाइ उस्तै रहेको पाईन्छ ।

पछील्ला पुस्ताका नायक नायिका जती नै चर्चित भएपनी चलचित्रको कथाबस्तु फितलो भएको कारण ब्यावसायिक रुपमा सफल हुन सकेका छैनन् । भले चलचित्रका गीत अधिकांश जनजिब्रोमा झुण्डिएको नै किन नहोस् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv