गायक अशोक अर्यालको “यो जुनीलाई” को म्युजिक भिडियो सार्वजनिक
काठमाण्डौं १५ ,बैशाख । अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका गायक अशोक अर्यालको स्वरमा रहेको नयाँ गीत “यो जुनीलाई” को म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक गरिएको छ। गत बर्ष अशोका एल्बम बजारमा ल्याएका गायकले नव बर्षको अवसर पारेर उक्त गीत ल्याएका छन् ।
सलीना म्युजिकको प्रस्तुति रहेको उक्त भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् भने छायांकन प्रकाश खड्काले गरेका छन । गायक अर्यालको सुमधुर स्वरमा रहेको उक्त म्युजिक भिडियोमा चर्चित अभिनेत्री/मोडेल अनु शाह र कमल सिंहको जोडदार अभिनय रहेको छ। राजु अर्यालको शब्द , संगीत र केशव बडूको संगीत सम्योजन रहेको उक्त गितको भिडियोलाई मिलन बिकले सम्पादन गरेका छन।
एक तर्फी मायाको कथा बोकेको उक्त गीतले दर्शक श्रोताहरुको मन जित्ने विश्वास गरिएको छ ।