जाजरकोट जिल्लाको एतिहासिक धार्मिक स्थल मस्ट देवताको अदभुत रहस्य यस्तो ( भिडियो सहित )

काठमाण्डौं, बैशाख १ । जाजरकोट जिल्लाको कुशेगाउँपालिका वार्ड नं ९ पैंक मा अवस्थित मस्ट देवताको मन्दिरले एतिहासिक एवं धार्मिक महत्व बोकेको छ । भिडियो हेर्नुहोस् :-

जुम्ल्लाको कौवा भन्ने ठाउँंबाट जाजरकोट को नौं डाँडामा पहिला स्थापित भए त्यस पछी त्यहाँ पूजापाठ गर्ने धामिकी श्रीमतीले अलक्षिन बोल्दा सो क्षेत्र छोडि हात्ती चढेर आएका देवताले ध्वजा घण्टा आफै बोकेर ल्याएका थिए भन्दै धामीले आफ्नो घर नजिकै रहेको सानो मन्दीरमा अझै पनि हात्तीका पाइला देख्न सकिने बताए । बिशेष गरी जेष्ठ,भदौ र मङ्सीर पुर्णिमा ठुलो मेला लाग्ने गर्दछ । निसन्तानलाई र आफुले मागेको मनकामना पुरागर्ने साक्षात देवता रहेको अनुभव पूजारी धामी खड्ग बहादुर रोकायले सुनाए ।

कसरी गरिन्छ पूजा आराधना ?
पुर्णिमाको पहिलो दिन भोकै शुद्ध बस्ने र दोस्रो दिन बिहानै मन्दीरमा गई धजा घण्टा र फुल अक्षेता र भाकल अनुसारको बली दिने चलन छ । सोही दिन मन्दिरमा बिभिन्न क्षेत्र बाट आएका धामीहरु काम्ने गर्दछन ।

संरक्षणको अभावले जिर्ण
मन्दिर एतिहासिक भए पनि संरक्षणको अभाव रहेको छ । जाजरकोट जिल्लाबाट जुम्ला सिमाना रहेको सो गाउँमा चाडवाडका बेला मात्र रौनक देखिन्छ भने अरु बेला नत सरसफाइ छ न त संरक्षण नै । स्थानिय गाउँपालिकाले यस पटक मन्दिर निर्माण र संरक्षण गर्ने बचन दिएको पूजारी धामी खड्ग बहादुर रोकायले बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv