प्रधानमन्त्री ओलीद्धारा विमान दुर्घटनाको छानबिन गर्न समिति गठन
काठमाडौं, बैशाख २ । आइतबार बिहान सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको समिट एयरको विमान दुर्घटनाको सम्बन्धमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेत हेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेका हुन्। समितिमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डंगोल सदस्य छन् भने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर घिमिरे सदस्यसचिव छन्।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका(२ मा रहेको लुक्ला विमानस्थलमा आइतबार बिहान भएको सो दुर्घटनामा २ जना प्रहरीसहित ३ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए।
आइतबार बिहान ९स्२२ बजेको समयमा तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट ु९(एन एएमएचु कल साइनको समिट एयरको विमान रामेछापको लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको श्री एयरको र मनाङ एयरको ु९(एन एएलसीु कल साइन हेलिकोप्टरसँग ठक्कर खाई दुर्घटना भएको थियो।
विमान दुर्घटनामा पर्यटक प्रहरीका रुपमा लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का, इलाका प्रहरी कार्यालय लुक्ला दरबन्दी भई विमानस्थल सुरक्षा गार्ड लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ र समिट एयरका सहायक पाइलट काठमाडौं चावहिल बस्ने वर्ष ३४ का सुजित ढुंगानाको मृत्यु भएको थियो।
दुर्घटनामा समिट एयरका पाइलट काठमाडौं कालिमाटी बस्ने वर्ष ४९ का रवीनाथ रोकाय, मनाङ एयरको हेलीकोप्टरका क्याप्टेन कास्की रुपाटार(९ घर भई हाल ललितपुर भैंसेपाटी बस्ने वर्ष ४८ का चेतबहादुर गुरुङ गम्भीर घाइते भई हाल ग्राण्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।
सोही दुर्घटनामा मनाङ एयरका स्टेसन म्यानेजर खुम्बु पासाङ ल्हामु गाउँपालिका – २ बस्ने वर्ष ४३ का लाक्पा छिरिङ शेर्पा र कर्मचारी वर्ष ५५ का श्याङबुचे कार्की सामान्य घाइते भएका छन्। उनिहरुको पनि काठमाडौंमै रउपचार भइरहेको छ।
यसैबिच लुक्ला विमानस्थलमा रन(वेबाट चिप्लिएर दुर्घटना भएको विमान को(पाइलटले उडान गरेको आंशका गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको एक स्रोतका अनुसार जहाज (टेकअफ) का समयमा को-पाइलटको कमान्डमा रहेको थियो।
‘टेकअफका समयका को-पाइलटलाई जहाज ह्यान्डलिङ गर्न दिनु नै दुर्घटनाको कारण हुनसक्छ स्रोतले भन्यो ‘लुक्लाबाट जहाज रामेछापको मन्थली विमानस्थल आउन लाग्दा यात्रु नभएको अवस्थमा पाइलटले को-पाइलटलाई जहाज कमान्ड गर्न दिएको शंका गरिएको छ।’