भवन निर्माण र आजीवन सदस्यता बिस्तारमा जुट्यो नेपाली समाज टेक्सास

टेक्सास, बैशाख ५ । नेपाली समाज टेक्सासले आजीवन सदस्यता बितरणका लागि समिती गठन गरेको छ । सो संस्थाले एन एस टि मेम्बरशिप ड्राइवको संयोजकमा मधुकर शर्मालाई नियुक्ती गरेको हो । उक्त संस्थाले यस बर्ष आफ्नै भवन बनाउन लागेको छ, जस्मा सभा हल र बिद्यार्थीहरुका लागि छुट्टै थप कोठा बनाउने योजना रहेको जनाएको छ ।


टेक्सासमा रहेका नेपालीबासीहरुलाई एकत्रित गरी संस्थामा आबद्ध हुने बातावरण सिर्जना गर्नेमा संयोजक सफल हुने विश्वाश लिएको एन एस् टि का महासचिव भक्त भण्डारी ले हामीलाई बताए ।
नेपाली समाज टेक्सासले २०१८ मा आजीवन सदस्यतालाई मात्र मताधिकार दिने निर्णय गरेको थियो । त्यसै निर्णयलाई निरन्तरता दिन अहिले आजीवन सदस्यता बढाउन लागेको संयोजक शर्माले बताए ।यस बाहेक अरु पनि थप योजना रहेको जनाए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv