कविहरुको अन्तराष्ट्रिय संस्था वर्ल्ड पोयट्री मुभमेन्टको खुलापत्र

काठमान्डौं,बैशाख ११ । कोलम्बियाको मेडेलिनमा सचिवालय रहेको कविहरुको अन्तराष्ट्रिय आन्दोलन संस्था वल्र्ड पोयट्री मुभमेन्टका तर्फबाट अन्तराष्ट्रिय समन्वय समितिका सदस्य—सचिव फर्नान्डो रेन्डनले न्याय, स्वतन्त्रता र मानवअधिकारको सम्मानका लागि संसार भरिका सरकार प्रमुख र नेतृत्वलाई लक्षित गरेर जारी गरेको खुलापत्रमा १७० देशका १७२० कवि लेखक तथा शुभेच्छुकहरुको हस्ताक्षर प्राप्त भएको जनाएका छन् ।

मुभमेन्टले २०१९ अप्रिलको शुरुमा उक्त खुलापत्र जारी गरि सबैको समर्थनको लागि आह्वान गरेको थियो । संकलित हस्ताक्षर सहित उक्त खुलापत्रमा सबै सरकार राष्ट्र प्रमुखहरुलाई पठाइने मुभमेन्टले जनाएको छ ।

उक्त खुलापत्रमा संसारमा बढ्दो सैन्य विस्तार र द्वन्द, आणविक खतरा, भोकमरी र असुरक्षा, प्राकृतिक प्रक्रियामा क्षति जस्ता विषयमा राज्यहरु गम्भिर नभएको र समाजका कमजोर वर्गको अधिकार सुरक्षा गर्न असफल भएकोले सिङ्गो मानव सभ्यता सङ्कटमा परेको विषयमा ध्यानाकर्षित गरिएको छ । र सबै विश्वका सरकारहरुलाई यसलाई सम्बोधन गर्न तत्काल सकारात्मक पहल गर्न समेत आग्रह गरिएको छ ।





Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv