आज ‘लोकतन्त्र दिवस’, देश भर बिभिन्न कार्यक्रम गरी मनाइँदैं

काठमाडौं, वैशाख ११ । आज लोकतन्त्र दिवस । २०६२/०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको १३ वर्ष पूरा भएको छ । आज लोकतन्त्र दिवसका रुपमा सरकारले विभिन्न कार्यक्रम गरि मनाउँदैछ । सार्वजनिक विदा भने कटौती भएको छ ।

राजधानी सहित सबै प्रदेशहरुमा लोकतन्त्र दिवसका रुपमा कार्यक्रम राखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो । २०६२ सालको चैत २६ गतेबाट सुरु भई १९ दिनपछि अर्थात् २०६३ साल वैशाख ११ गते आन्दोलनले सफलता प्राप्त गरेको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि तत्कालीन सात दल विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग बोकेर सडकमा ओर्लिएका थिए । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको अडानले बैशाख ११ गते पूर्णरुप पाएको थियो । २०६२/०६३ मा भएको जनआन्दोलनमा २५ जना नेपालीले जीवन बलिदान दिए भने थुप्रै घाइते भए ।

यो १३ बर्षको अवधिमा दोस्रो संविधानसभाबाट मुलुकले नयाँ संविधान प्राप्त गरी कार्यान्वयन भइसकेको छ । स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन भएका छन् । नयाँ जनप्रतिनिधिले काम शुरु गरिसकेका छन् । तर, लोकतन्त्रमा भने अपेक्षा अनुसार काम हुन नसकेकोमा नागरिक भने असन्तुष्ट छन ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv