चार वर्षअघि भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन

काठमाडौं, वैशाख १२ । ७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे ।

अनगिन्ति शवको पहिचान कसरी गर्ने रु यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

डा. श्रेष्ठ भन्छन्, ‘दाँतको अवस्था र डीएनए परीक्षणबाट पत्ता लगाएर शव जिम्म लगाइयो ।’ यसरी सनाखत गदाए पनि ३४ शवको सनाखत हुन सकेन । ती सबैको पोस्टमार्टम गरी सबै विवरण सुरक्षित राखेर शवलाई फरेन्सिक विभाग परिसरमै गाडियो ।

‘सनाखत नभएका शव स्टोर गर्न ४/५ फिट मुनि गाडेर राखियो । बाहिरबाट नम्बर राखियो । पछि आफन्त आएपछि ३ शव निकालेर बुझाइयो,’ उनले भने ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv