त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हातहतियार सहित बिदेशी नागरिक पक्राउ

काठमाण्डौ,बैशाख १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कतार एयरको उडानद्धारा काठमाडौं आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियार सहित बुधबार साँझ पक्राउ परेका छन् ।
उनले बोकी ल्याएको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार १ थान र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला पारी भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको हो ।
पक्राउ पोल्याण्डका नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv