नाकाबन्दी गरेको गल्ति स्वीकार गर्दै भारतीय प्रधानमन्त्री मोदीले हामीसंग माफि माग्नुपर्छ (नेता देखि सर्वसाधारण सम्मको भनाई भिडियो सहित)

काठमाडौं, २० वैशाख । केही दिन भित्रै भारतीय प्रधानमन्त्री र चीनका प्रधानमन्त्रीले नेपालको भ्रमण गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ भने चीनका प्रधानमन्त्रीको कार्यतालिका भने टुंगो लागिसेको छैन ।

भारतीय प्रधानमन्त्री नेपाल आउने विषयमा धेरै चर्चा सुरु भएको छ । यस अघि नेपाल भ्रमणमा आएर फर्के पछि मोदीले नेपालमा नाकाबन्दी गरेका थिए । त्यसैले पनि उनको भ्रमणलाई कौतुहलताका साथ हेरिएको छ । यो पटक मोदी भारतवाट काठमाडौं नआएर जनकपुर ओर्लने भएका छन् । जनकपुरवाट मुक्तिनाथ पुगीसकेपछि मात्र काठमाडौंमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने कार्यक्रम छ ।

भारतले लगाएको नाकाबन्दीका कारण नेपालीले पाएको पीडा कम नहुँदै फेरी भारतीय प्रधानमन्त्री नेपाल आउन लागेका हुनाले सर्वसाधारणले उनी प्रति तिक्तता पोखेका छन् । सर्वसाधारणहरुले भारतीय प्रधानमन्त्रीले नेपाली जनता सामु माफी मागेर पहिलेको तिक्तता हटाउनु पर्ने माग राखेका छन् ।

केही विद्यार्थी संगठनका नेताहरुले भने नेपाल भारत बिचको सिमा बिबादका विषयलाई नेपालले उठाउनुपर्ने सुझाव दिएका छन् । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ्गले यो अवसरलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारले सदुपयोग गर्नुपर्ने बताएका छन् । भारत र नेपालका बिचमा भएका सिमा समस्या लगायतका विभिन्न समस्याहरुका विषयमा गम्भिर ढंगले कुरा राख्नुपर्ने उनको भनाई छ ।

‘अब फेरी कुरा उठाउन नपर्ने गरी दृढता पुर्वक कुरा उठाउनु पर्छ, उनले भने सिमा समस्या, तटबन्धले पारेको समस्या र भारतीय सुरक्षाकर्मीका कारण सिमानाका नेपालीले भोग्नु परेका समस्याका विषयमा विशेष कुरा उठाउनुपर्छ ।’ उनले भर्खरै कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले देखाएको दादागिरी शैलीलाई बन्द गर्ने हिसावले कुरा राख्नुपर्ने उनको राय छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv