भूकम्पपछिको पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने प्रधानमन्त्री ओलीको दाबी
काठमाण्डौ,बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्विट गर्दै प्रधानमन्त्री ओलीले द्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउने दाबी गरेका छन् ।
उनले चार वर्षअघिको विनाशकारी भूकम्पले भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको उल्लेख गरेका छन् । यस्तै चार वर्षअघिको विनाशकारी भूकम्पले सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको समेत प्रधानमन्त्री ओलीको भनाई छ ।
सयौँ वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौँ लाग्ने बताउँदै प्रधानमन्त्री ओलीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउने विश्वास दिलाए । न.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने भएको छ । जसमा अध्यक्ष पदमा महेन्द्र देशारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । मेरिल्याण्डका अग्रज ब्यक्तीहरुको आग्रहलाई स्वीकार गर्दै हाल : अध्यक्षका उम्मेदवार महेन्द्र देशारले अघिल्लो पटक अध्यक्ष हुने ईच्छाबाट पछि हटेर सचिवमा बसी सहमति गरेका थिए । त्यही सहमतिलाई आत्मसात गर्दै २ वर्ष पछि अध्यक्ष पदमा देशारले उम्मेद्वारी दिएका हुन् ।
मेरिल्याण्डमा बसोबास गर्दै आएका आमा , बुबा, दाजुभाइ, दिदीबहिनीको प्रेरणाले नै यहाँसम्म ल्याएको कुरा एन.आर. एन. ए. मेरिल्याण्ड च्यापटरका वर्तमान सचिब महेन्द्र देशारले बताएका छन् । महेन्द्र देशार करिव १२ वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका छन् । एन. आर. एन. ए मेरिल्याण्ड च्याप्टरको हाल : हुन गैरहेको निर्वाचनमा महेन्द्र देशारको समुहलाई अत्यधीक मतले जिताउन उनले अपिल गरेका छन् ।
एन.आर.एन. यूएसएको राष्ट्रीय समिति र च्याप्टर बिचको सम्वन्धलाई अझै व्यवस्थित गर्दै स्थानीय छाता संगठन वाना र अन्य संघ संस्थाहरूको विचमा एकता र सहकार्य गरी वाल्टिमोर नेपाली समाजलाई उदाहरणीय समाजको रूपमा अघि बढाउनुका साथै अमेरिकामा बस्ने हरेक नेपालीहरुको दुख सुखमा मलम पट्टीको रुपमा सहयोग प्रदान गर्ने कुरा देशार समुहले जानकारी गराएको छ ।