स्ट्राइकर नेयमारलाई तीन खेलको प्रतिबन्ध

काठमाडौं, वैशाख १४ । युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजीका स्ट्राइकर नेयमारलाई तीन खेलको प्रतिबन्ध लगाएको छ ।

च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयमा आपत्तिजनक प्रतिक्रिया दिएको भन्दै युएईएफएले नेयमारलाई प्रतिबन्ध लगाएको हो ।

च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा पीएसजी युनाइटेडसँग ३–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । युनाइटेडसँगको हारपछि बेञ्चमा रहेका नेयमारले सामाजिक सञ्जालमा रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउँदै आपत्तिजनक प्रतिक्रिया लेखेका थिए ।

नेयमारले इन्स्टाग्राममा फुटबल नबुझेको रेफ्रीले ह्याण्डबल दिएको भन्दै आपत्ति जनक शब्द लेखेका थिए । प्रतिबन्धसँगै नेयमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल गुमाउने छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv