चलचित्र ‘प्रेमालय’निर्माण गर्न औपचारिक घोषणा

काठमाण्डौ,२० बैशाख । प्रेमकथामा चलचित्र ‘प्रेमालय’निर्माण हुने भएको छ । बुधवार राजधानीको राइजिङ मलमा कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । कुमार शाहले निर्देशन गर्ने ‘प्रेमालय’मा निराजन प्रधान, मरिश्का पोखरेल, सन्नी ढकाल, डा. सूर्या थापा, रविन्द्र झा, दालमन पुन लगायतका कलाकारको अभिनय निर्माण पक्षले जनाएको छ । नेपाल र अस्ट्रेलियामा छायाँकन हुने ‘प्रेमालय’को नेपालमा छायाँकन आगामी सातादेखि सुरु हुनेछ भने अस्ट्रेलियामा छायाँकनका लागि असारको पहिलो सातादेखि सुरु हुने जनाए ।


प्रेमकथामा बन्ने ‘प्रेमालय’मा पहिलो पटक तेल भिसा (विदेशमा बस्ने छोरा-बुहारीको बच्चा स्याहार्न बाबु-आमालाई घुम्नको लागि भन्दै केहि महिनाको लागि विदेश बोलाउने प्रचलन)को कथालाई प्रस्तुत गरिनेछ ।

एसके स्क्वाएर प्रोडक्सन र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा बन्ने ‘प्रेमालय’मा कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी, किरण माइकल र ऋषिकेश गिरी छन् । त्यस्तै निर्मातामा सुभाष श्रेष्ठ, सहनिर्मातामा सुक बहादुर कामी, थुम प्रसाद छन्त्याल र शेर बहादुर रोका क्षेत्री रहेका छन् । किरण माइकलको लेखन रहेको ‘प्रेमालय’मा राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत र रोहा शर्माको छायाँकन रहनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv