सिके राउतले दिए निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन
काठमाडौ,बैशाख १६ । केही महिना अघि मात्र पृथकतावादी राजनीति छोडेर मुलधारको राजनीतिमा प्रवेश गरेका सिके राउतले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । मुलधारको राजनीतिमा आएपछि आयोजना गरिएको सचिवालय वैठकले पार्टीको नाम जनमत पार्टी राखेको थियो । यस अघि स्वतन्त्र मधेस गठबन्धनको नामवाट राजनीति गरेका राउन अहिले जनमत पाटीका अध्यक्ष हुन् ।
सिके राउतले आएतवार पार्टी दार्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । अध्यक्ष राउतसहित ३५ जना केन्द्रीय सदस्य रहेको दल दर्ताका लागी निवेदन दर्ता गराइएको सो पार्टीका केन्द्रीय सदस्य चन्द्रन सिंहले जानकारी दिएका छन् ।
सो पार्टीले चुनाव चिन्ह अष्टदल प्रस्ताव गरेको छ, भने रातो र हरियाको बीचमा सेतो रंग राखिएको चारकुने झण्डा रहेको छ । यद्यपि, चुनाव चिन्ह पछि मात्र दिने आयोगले भनेको नेता सिंहले बताए ।
आयोगबाट पार्टीको मन्यता प्राप्त गरिसकेपछि पदाधिकारी चयन गर्ने र त्यसपछि मात्र महाधिवेशनको बारेमा मिति तोक्ने सो पार्टीले जनाएको छ । स्वतन्त्र मधेशको माग राख्दै आन्दोलन गर्दै आएका सिके राउत सरकारसँग ११ बुँदे सम्झौता गरि मुलधारको राजनीतिमा आएका हुन् । मुलधारमा आएपछि उनले जनमत पार्टी बनाएर निर्वाचन आयोगमा दार्ताका लागि निवेदन दिएको हो ।