झापामा भारतीय नागरिकलाई नेपाली बनाउने गिरोह सक्रिय
झापा,बैशाख १७ । झापामा रकम लिएर भारतीय नागरिकलाई नेपाली बनाउने गिरोह सक्रिय रहेको पाइएको छ ।
गृह मन्त्रालयले जन्मसिद्धको छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिन परिपत्र गरेयता गैरनेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई प्रभावमा पारी कागजात मिलाएर नेपाली नागरिकता लिने क्रम बढेको पाइएको खबर आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
पछिल्लो पटक कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ उनकी श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै यसको रहस्य बाहिर आएको समाचारमा उल्लेख छ ।