बंगलादेशको खाडीबाट आएको चक्रावत “फानी ” नेपालमा भित्रीयो

काठमाडौं, वैशाख २०। बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज शुक्रबार नेपालमा पनि देखिएको छ ।

बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको र शुक्रबारबाट यो प्रणाली ओडीसाको तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यहाँबाट यो प्रणाली फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ ।

उक्त चक्रवातको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र शनिबार मौसम केही प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन–चट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै चक्रवातको प्रभावले हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको जनाइएको छ।

बंगालको खाडीको दक्षिण पूर्वी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभाव नेपालमा पर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना रहने मौसमविदले बताएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv