बौद्ध क्षेत्र तनावग्रस्त, प्रहरी र स्थानीयबीच झडप

काठमाडौं, २६ वैशाख । चाबहिल ,बौद्ध जोरपाटी सडकखण्ड बिहीबार बिहानदेखि अवरुद्ध भएको छ। सडक मर्मत नभएको भन्दै स्थानीय र व्यापारीले बिहान ८ बजेदेखि सडक अवरुद्ध गरेका हुन् । शंख फुकेर विरोधमा उत्रिएका स्थानीय र व्यापारी सडकमा टायर बालेर अवरोध जनाएका हुन्। चावहिल–बौद्ध–जोरपाटी सडकखण्ड छिट्टै पिच गर्न माग गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

बौद्धमा बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो धुलोमुक्त बनाउ भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प भएपछि खुलाउन प्रहरीले बल प्रयोग गरेको हो । बिहीबार पनि सङ्घर्ष समितिले चाँडो कालोपत्रे गर्न मागसहित चुच्चेपाटी जोरपाटी क्षेत्रमा सडक अवरुद्ध नै गरेको थियो । उनीहरुले सडकमा टायर बालेर प्रर्दशन गरेका छन् । झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा उत्रिएका स्थानीयले कालोपत्रे छिटो गर,ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर, भन्नेजस्ता नारासहितका प्लेकार्ड बोकेका छन्।सडक मर्मत नहुँदा धूलो र हिलोले आजित भएका स्थानीय सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हुन्।

उक्त सडकमा खण्डखण्ड बनाएर कालोपत्रे सुरु गरिएको छ। लामो समय भएसक्दा पनि सडक पिच नहुँदा स्थानीय पानी पर्दा हिलो र घाम लाग्दा धूलोबाट आजित हुँदै आएका छन्।

चाबहिलदेखि थलीसम्मको सडकखण्डको ६ ठाउँमा कालोपत्रे भएको छ। टुकुचोदेखि टुसाल चोकसम्म, जोरपाटी ओरोलोदेखि नारायणटार चोकसम्म र दक्षिण ढोकादेखि नर्लिङसम्म सडक कालोपत्रे भएको छ। त्यस्तै नर्लिङ गेट अगाडिदेखि तिवारीचोकसम्म कालोपत्रे भएको छ भने हरियाली नगरसम्म कालेपत्रेको काम हुँदैछ। थली ओरालोमा पनि कालोपत्रेको काम सिद्धिएको छ। थलिदेखि साँखुसम्मको सडकमा भने कालोपत्रेको कुनै सुरसार छैन।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv