प्रचण्डले गरे दोस्रो पटक विवाह

काठमाडौं, २६ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि दोस्रो पटक आज विवाह गरेका छन् । पत्नी सिता दाहालसँग विवाह गरेको ५० वर्ष पुगेको वर्षगाँठको अवसर पारेर प्रचण्ड दम्पतीले आज विवाह गरेका हुन् ।

प्रचण्ड पत्नी सीता दाहाल पुत्र प्रकाश दाहालको मृत्युपछि प्रायः अस्वस्थ छिन् । पत्नीको स्वास्थ्य उपचार गर्न देश विदेश पुगेका प्रचण्ड सीताको असामान्य अवस्थाका कारण चिन्तित छन् । पत्नीलाई रिफ्रेस गराउन प्रचण्ड सीतालाई लिएर केहि समय अघिमात्र सिन्धुपाल्चोकको सुकुटे बिच पुगेका थिए । सीताको स्वास्थ्यलाई लिएर निकै चिन्तित प्रचण्ड उनको लागि विभिन्न कृयाकलाप गरिरहन्छन् । केही समय अघि उनले सीतालाई लिएर सिंगापुर उपचारका लागि गएका थिए । यस अघि उनी तातोपानीमा सितालाई लिएर पुगेका थिए ।

प्रचण्डका आफन्त तथा शुभचिन्तकहरुले विवाहको ५०औं वर्षगाँठ मनाउँदा तनावले असामान्य देखिएकी सीताको स्वास्थ्यमा सकारात्मक सुधार आउने सल्लाह दिइएअनुसार प्रचण्डको पुनः विवाह कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा विभिन्न दलका शिर्ष नेताहरुलाई आमन्त्रण गरिएको थियो । पत्नी सीता दाहालसँग विवाह गरेको ५० वर्ष पुगेको अवसरमा प्रचण्डले फेरि दोस्रो पटक विवाह गरेका हुन् ।
उक्त विशेष समारोहमा विभिन्न दलका शिर्ष नेताहरुलाई निम्ता मान्न पुगेका थिए । समारोहमा नेकपाका नेता तथा कार्यकर्ता, अन्य राजनीतिक पार्टीका नेताहरुको, कुटनीतिक नियोगका उच्चपदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । २०२६ साल वैशाख २६ गते विवाह गरेका प्रचण्ड र सीताबीच आज दोस्रो पटक विवाह भएको छ । पुत्र विगोगपछि बिग्रदै गएको पत्नी सिताको स्वास्थ्य अवस्था सुध्रिने र मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा सहित फेरि दोस्रो पटक विवाह गरेको बताइएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv