क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ

काठमाण्डौं,बैशाख २७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बिधार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पक्राउ परेका छन् । क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

ढकाल अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा सहभागी हुन आएका बेला प्रहरीले उनलाई कार्यक्रम स्थलबाटै पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदी ढकालको पक्राउको पुष्टि गरेका छन् । पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान भइरहेको एसएसपी सुवेदीले बताए ।

पछिल्लो समय प्रहरीले विप्लवका नेता तथा कार्यकर्ताविरुद्ध व्यापक धरपकड गर्दै आएको छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv