ट्रकले धनगडीमा एक युवकले लियो ज्यान
धनगढी,बैशाख २७ । अत्तरिया सडकको राजपुरखण्डमा ट्रकको ठक्करबाट आज से६प ३२१७ नं को स्कुटी चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीबाट अत्तरियातर्फ जाँदै गरको भारत लखिमपुरका रविशङ्करले चलाएको ट्रकको ठक्करबाट स्कुटी चालक धनगढी उपमहानगरपालिका-३ का २४ वर्षीय टेकु बलायरको घटनास्थलमा नै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।