क्याम्पस बनाउने जग खन्दा सुनैसुन भेटियो, भीम रावल हेर्न पुगे

अछाम,वैशाख २८ । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका-२ श्रीकोटमा थप सुनचाँदी भेटिएको
छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा शुक्रबार थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो । भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरबीच भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो ।

उनीहरुको साथमा रहेको सुन अहिले प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदूरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरुमा थप सुन फेला पर्दै गएको थियो । जमीनमुनि अझै पनि सुन रहेको आशङ्कामा क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेको छ । माटो चाल्ने क्रममा थप सुन फेला परेको वडा नं। २ का अध्यक्ष कालु सिंह कुँवरले जानकारी दिए । जमीनमुनिबाट हालसम्म १०५ तोला सुन र ४०० तोला चाँदी फेला परेको वडाध्यक्ष कुँवरले जानकारी दिए ।

भीम रावलले गरे अवलोकन
यसैबीच नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सुन भेटिएको श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पस भवन निर्माणस्थलको स्थलगत अवलोकन गरेका छन् । सुन भेटिएको स्थानको निरीक्षणपछि नेता रावलले पुरातात्विक गहनाको संरक्षणका लागि श्रीकोटमा सङ्ग्रहालयको स्थापना गर्नुपर्ने बताए । त्यसका लागि आफूले पहल गर्नेसमेत उनले बताए । उनले श्रीकोटमा पुरातत्व विभागको नियमअनुसार जिल्लामा नै उक्त सुनचाँदी राख्नका लागि पहल गर्नेसमेत बताए ।

वि.सं. १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उहाँको प्रभावलाई नष्ट पार्न र सिञ्जाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यसबेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयवासी बताउँछन् । पछि गएर स्थानीयवासीले श्रीकोट भन्न थालेको उक्त स्थानमा परापूर्वकालका सुनचाँदीका धातुका गरगहना फेला परेको हुनसक्ने बताइएको छ । वि।सं। १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv