प्रदेश ५ को नाम मगरात स्वायत्त प्रदेश राख्न माग

काठमाडौं,बैशाख ३० । नेपाल मगर संघले प्रदेश ५ को नाम मगरात स्वायत्त प्रदेश राख्न माग गरेको छ । प्रदेशको नाम मगरात स्वायत्त प्रदेश राख्न माग गर्दै मुख्यमन्त्री शङ्कर पोखरेललाई ११ लाख ७ सय ३६ जनाको हस्ताक्षर पनि बुझाएको छ ।

प्रदेश ५ मा मगर समुदायको जनसंख्या सबैभन्दा धेरै भएको र आदिमकालीन नामसमेत भएकाले मगरात राख्न माग गरिएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबिन रोका मगरले जानकारी दिए । संघले रुकुम पूर्वदेखि पाल्पासम्मको मगर समुदायको बाक्लो वस्ती भएका क्षेत्रलाई समेटेर मगरात स्वायत्त क्षेत्र घोषणा गर्नसमेत माग गरेको हो ।

२०६८ को जनगणना अनुसार प्रदेश ५ मा मगरको जनसङ्ख्या ७ लाख एक हजार पाँच सय ८६ छ । मगर संघले प्रदेश ५ को कुल जनसङ्ख्याको १९ प्रतिशत मगर रहेको दावी गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv