ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा

सिन्धुली,बैशाख ३१ । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ।

उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्निगाहपुर पठाइएको समाचार कान्तिपुर दैनिकमा छ। त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाा छानबिनका लागि खाली रहेको स्थानमा उनलाई पठाइएको हो। स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सूवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरा प्रमुख डीआईजी निरज शाहीले अनुरोध गरेका थिए।

ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन्। सरुवाको अधिकार महानिरीक्षकमा निहीत भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुनेगरी भएको सरुवालाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने एक उच्च प्रहरी अधिकारीले जनाए। तीन महिनाको सीमा दिएर ब्युरोलाई अनुसन्धान गर्ने जिम्मेवारी दिइएको थियो। एक महिना अझै बाँकी छ। ब्युरोका प्रमुख डीआईजी शाहीले डीएसपी कटुवालको सरुवा भए पनि अनुसन्धानमा कुनै असर नपर्ने बताए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv