राप्रपा द्धारा झलकमान गन्धर्व स्मृति प्रतिष्ठानलाई नगद पच्चीस हजार सहयाेग हस्तान्तरण

पाेखरा,२४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खडकाले राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुककाे धर्म,संस्कृति,कला,साहित्य तथा पहिचानकाे रक्षाकाे खातिर जुनसुकै मुल्य चुकाउन तैयार रहेकाे वताउनु भएकाे छ।

अाज झलकमान गन्धर्व स्मृति प्रतिष्ठानलाई राप्रपा प्रवास विभागकाे तर्फवाट नगद पच्चीस हजार सहयाेग हस्तान्तरण गर्दै मुलुककाे लाेपन्मुख संस्कृति र कला जाेगाउन स्वर्गीय गन्धर्भकाे उल्लेखनिय याेगदान रहेकाे वताउनु भयाे । उहाँले राप्रपाकाे विश्वभर छरिएर रहेका राष्ट्रवादी मित्रहरूले राष्ट्र,राष्ट्रियता,हिन्दुत्व र समृद्धिकाे लागि काम गरिरहेकाे वताउनु भयाे । स्व झलकमान गन्धर्वकाे स्मृतिमा गठन गरियकाे प्रतिष्ठानले लाेपाेन्मुख सारंगी लगायतकाे वाजाकाे संरक्षणकाे लागि विधालय खाेलेर विधार्थिहरूलाई प्रशिक्षण दिई रहनुकाे साथै लाेपाेन्मुख संगित संरक्षणकाे लागि कार्य गरिरहेकाे छ । राप्रपा प्रवासी संगठन जापानका सह- अध्यक्ष शुसिलविर जवरा द्वारा साैजन्य उक्त रकम हस्तान्तरण समाराेहमा खडकाले विश्वका २५ देशमा रहेकाे राप्रपा प्रवास समितिकाे साैजन्यमा यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिईने वताउनु भयाे । कार्यक्रमा राप्रपाका युवा नेता विश्वराज पाैडेलले स्थानिय स्तरवाट पनि लाेपन्मुख संस्कृतिलाई सहयाेग गरिने वताउनु भयाे । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv