वरिष्ठ संगीतकार किरण कणेलकाे सांगीतिक यात्राकाे २५ आ‌ै वर्ष अवसरमा एकल साँझ सम्पन्न

काठमाडौं,जेठ २ । सांस्कृतिक संस्थानद्वारा वरिष्ठ संगीतकार किरण कणेलकाे २५ आ‌ै वर्ष सांगीतिक यात्राकाे अवसरमा आयाेजित कार्यक्रम किरण कणेल एकल साँझ भव्यताकाे साथ सम्पन्न भयाे । बुधबार नाचघरमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ को प्रमुख आतिथ्यमा संचालन कार्यक्रममा अध्यक्षता एवं स्वागत मन्तव्य संस्थानकाे महाप्रबन्धक राजेश थापाले गर्नुभएकाे थियाे ।

स्वागत मन्तव्यकाे क्रममा महाप्रबन्धक राजेश थापाले नेपाली माैलिक लाेक संस्कृतिलाई जाेगाउन संस्थान लागि परेकाे र साे क्रममा विभिन्न किसिमका अवराेधहरु आइपरे पनि यसरी विभिन्न कार्यक्रमहरु गर्न पाउदा संस्थान खुशी रहेकाे कुरा जानकारी गराउनु भयाे । कार्यक्रममा संगीतकार किरण कणेलद्वारा संगीतबद्ध गीतहरु प्रतिष्ठित कलाकारहरुले गाएका थिए । पहिलाे गीत शास्त्रीय गायक मनमाेहन थपलियाले आध्यात्मिक भावकाे गीतबाट शुरु गरिएकाे थियाे । त्यस लगतै स्वयंम संगीतकार किरण कणेलद्वारा जति नै दु:ख परेपनि गाएका थिए त्यसपछि गायक सुरज थापाले ‘कसैले गरेकाे भुल हु म’ गाएका थिए ।


पहिलाे ३ वटा गीत प्रस्तुत पश्चात संगीतकार किरण कणेलकाे ३ वटा एल्वमहरु क्रमस: मेरी जननी, र लगन गाँठाे एल्वम प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुद्वारा विमाेचन गरिएकाे थियाे ।त्यसपछि क्रमस: किरण कणेलले जय जय हे आमा नेपाल, ८३ वर्षिय वरिष्ठ गायक जगतमर्दन थापाले दु:ख नमानी, रामभक्त जाेजिजु र इतु जाेजिजुले पानी जस्तै बग्ने जाेवन, गायक सुरज कुमार थापाले माैसम न हाे मान्छेकाे मन, चर्चित गायक रामकृष्ण ढकालले आखा रहेछ रुनलाई, शिला विष्टले केहि त कुरा भाकै छैन विति सक्याे रात, गायिका अनुस्का पाठकले रहरमा हुन्छ माया, र विपिन घिमिरेले बादल बनेर गाएका थिए ।कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका विशिष्ठ व्यक्तिहरुकाे बाग्लाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम दिउसाे ३ बजे शुरु भएर ८ बजे सम्म चलेकाे थियाे भने वाद्यवादकहरुकाे प्रत्यक्ष प्रस्तुति गरेकाे थियाे ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv