उपत्यका ट्राफिक प्रहरी कार्यालयद्धारा १४४० सवारी साधनलाई कारवाही
काठमाण्डौं,जेठ २ । उपत्यका ट्राफिक महाशाखाले काठमाण्डौ भित्र चल्ने बिभिन्न सवारी साधनलाई कारवाही गरेको छ । बुधवार जेठ १ गतेका दिन सवारी चेक जाँचका क्रममा नियम बिपरित चल्ने साना ठुला सवारीलाई कारवाही गरेको हो ।
जस अन्तर्गत मापासे मा ८२,लेन अनुशासन २३९ ,भाडा कार ५२, जेब्रा क्रसिङ माथि सवारी रोक्ने १९,टिपर कारवाही १६,सी सि टिभी मार्फत कारवाही ८२, फुट्पात पार्किङ १०९,हर्न कारवाही ३९,अन्य कारवाही ८०२ गरी जम्मा १४४० सवारी साधनलाई कारवाही गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।