बिकास बिरोधीलाई कुलमानको आक्रोस

काठमाडौं,जेठ ३ । त्रिशुली थ्री बी हब सबस्टेसन निर्माणको स्थलगत अनुगमनमा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिहीबार काम रोकेको भन्दै केही स्थानीय बासिन्दासँग कड्किए । केही दिनदेखि सरोकार समितिका नाममा आयोजनास्थलको काम रोकिएपछि कार्यकारी निर्देशक घिसिङ बिहीबार आफैं त्यहाँको स्थलगत अनुगमनमा आएका थिए ।

नेपाल विद्युत प्राधिकरणले नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ पैह्रेबेसीमा सब स्टेसन निर्माण गरिरहेको छ। त्यहाँ पुग्दा त नुवाकोटको पैरबेसी भन्ने स्थानमा निर्माणाधीन त्रिशूली ‘बी’ हब स्टेशनको निर्माण स्थानीयले नियतबस रोकेको थाहा पाए ।

सबस्टेशनको निर्माण रोकिन नहुने भन्दै घिसिङ निर्माणस्थलमा पुगेका थिए । प्राधिकरण प्रमुख आएको थाहा पाएपछि स्थानीय पनि जम्मा भए । यो सब(स्टेशन त्रिशूली नदी किनारको नुवाकोटतर्फ पर्ने क्षेत्रमा बनिरहेको छ । तर, २ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयबासीको नाममा अवरोध भइरहेको थियो ।

त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउँदा विरोध भएको थियो । आयोजनाले रसुवातर्फ पनि ५ सय मिटरको पर्खाल निर्माण गरिसकेको छ । खाल्डो खनिसकेपछि पनि स्थानीयको माग अनुसार १३ मिटर पछाडि सारेर सबस्टेशनतर्फको किनारमा पर्खाल निर्माण थालिएको थियो । तर, निर्माण अगावै सबस्टेशन राख्न सहमति जनाएका रसुवातर्फका स्थानीयको नाममा अवरोध भयो ।

बिहीबार पनि प्राधिकरण प्रमुख आएको थाहा पाएपछि स्थानीय शिवप्रसाद भट्टराई र जानुका थापा नेतृत्वको समूह आइपुगे । उनीहरु सबस्टेशन अझै माथि लगेर निर्माण गर्न भन्दै कराए ।

तनहुँ हाइड्रोपावर लिमिटेडका सञ्चार विज्ञ सचेन गौतमका अनुसार निर्माणस्थलमा आएका कार्यकारी निर्देशक घिसिङले स्थानीयबासीका माग हेरे, निर्माण क्षेत्रको अनुगमन गरे र आफू आएको थाहा पाएपछि त्यहीँ आइपुगेका सरोकार समितिका सदस्यहरूलाई चेतावनी दिए( कुनै पनि हालतमा काम नरोक्नुस्।

यसअघि पनि उपभोक्ता समितिकै संयोजक भएर परियोजनाको काममा संलग्न भट्टराईले हाल आएर काम रोकेपछि कुलमान निर्देशनात्मक शैलीमा प्रस्तुत भएका हुन्। कुलमानले निर्माणस्थलबाटै नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापालाई फोन गरी प्रहरी लगाएर भएपनि अवरोध हटाउन भने।

गौतमका अनुसार यो सब स्टेसनमा एक वर्षभित्र २०० मेगावाट विद्युत जोड्ने लक्ष्यसहित काम भइरहेको छ। तर, जनताको माग पनि सुनुवाई हुनुपर्यो भनेपछि कुलमान रिसाए । भट्टराईको नेतृत्वकै उपभोक्ता समितिमार्फत रसुवातर्फ सुरक्षा पर्खाल लगाइएको स्मरण गराउँदै फेरि थप माग किन भने प्रश्न गरे । उनले भट्टराईलाई सोधे, तपाईको जग्गामा काम गरेको छ ?’

भट्टराईले आफूहरु विकास विरोधी नभएको तर, जनताको माग सम्बोधन हुनुपर्ने बताए । कुलमानले भने, ‘तपाईको माग भन्नुस् न, जनताको होइन । जनताको माग समाधान गर्छौं हामी ।’ भट्टराई आफैं रसुवातर्फको पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन् । उनले जनताको नाम लिँदै नाजायज मागहरु राख्ने गरेको आयोजनाका अधिकारी बताउँछन् । बिहीबार पनि उनले जनताको माग भन्दै थप माग तेस्र्याएका थिए । आयोजनाका कर्मचारीहरुले यहाँ एक दिन काम रोकिँदा करोडौं क्षति हुने बताए ।त्यसमा थप्दै कुलमान कडिकए, ‘एक दिन कसैले रोक्यो भने तपाईंलाई समातेर थुनिदिन्छु ।’

कुलमानले भट्टराईलाई हाराबारा बनाएपछि पछाडिबाट जानुका थापा जनताको माग सुन्नुस् भन्द कराइन् । कुलमानले काम गर्न दिनुस्, जनताका माग सम्बोधन गर्ने बताएपछि उनले काम नरोकेको बताइन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv