प्रहरी नै बलात्कारी ! कारवाही माग गर्दै प्रदर्शन

नवलपरासी, ६ जेठ । नवलपरासीमा प्रहरीले नै एक युवती र महिलालाई बलात्कार गरेको आरोप लगाउँदै स्थानियले प्रदर्शन गरेका छन् । प्रहरीले एक किशोरीसहित २ महिलालाई बलात्कार गरेको आरोप नवलपरासीका स्थानीयले लगाएका छन् । बलात्कार गर्ने प्रहरीमाथि कारवाही माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । स्थानियको प्रदर्शन पछि २ प्रहरी जवान निलम्बनमा परेका छन् ।

पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयकमा कार्यरत प्रहरी जवान प्रेम खड्का र पाटेश्वर यादवमाथि बलात्कारको आरोप लागेको हो । उनीहरुलाई १७ वर्षीया किशोरी र २६ वर्षीया महिला बलात्कार गरेको आरोप स्थानीयले लगाएका छन् ।

गत वैशाख १ गते भएको घटना भएपनि पीडितले ढिलोगरी त्यसवारे प्रहरीमा उजुरी दिएका थिए । घाँस काट्न गएका उनीहरुलाई जवानद्वयले बलात्कार गरेको दाबी स्थानीयले लगाएका छन् ।

तर, घटनालगत्तै पीडितले मुख नखोलेर केही दिनपछि मात्रै यसबारे प्रहरीकोमा उजुरी गरेका थिए । स्थानीयले घटना सतहमा आएलगत्तै रक्षक नै भक्षक भएको भन्दै प्रहरी जवानद्वयमाथि कारवाही माग गरेर प्रदर्शन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासीले स्थानीयको आरोपपछि २ प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । नायव प्रहरी उपरीक्षक वीरेन्द्र थापाले बलात्कार आरोपित दुवै जवानलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको बताए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv