अर्घाखाँचीको भुवनपाटामा बस दुर्घटना, २५ घाइते

अर्घाखाँची, जेठ ८ । अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर बुटवल तर्फ फर्कदै गरेको बस मंगलबार साँझ दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । लु१ख ७९४१ नम्वरको बस शितगंगा नगरपालिका २ भुवनपाटामा दुर्घटना हुँदा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घखाँचीले जनाएको हो ।

घाइते मध्ये ९ जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ । अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।

बस पूलमाथी आउँदा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएपनि बस चालक निकै चनाखो भएर सडकको भित्तामा बस ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv