कर्मचारीलाई ‘भ्रष्ट’ भन्दै कोठा थुनेर पिट्ने र पत्रकारलाई दुब्र्यवहार गर्ने मेयरले दिए यस्तो प्रतिकृया (भिडियो हेर्नुस)

इटहरी,जेठ ९ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले भ्रष्टाचार गरेको भन्दै दुई जना कर्मचारीलाई ढोका थुनेर कुटपीट गरेका छन् । उनले कार्यालयमै बोलाएर दुई कर्मचारीलाई कुटपीट गरेका हुन् । कुटपीट गरेपछि भ्रष्टाचार गर्ने कर्मचारीलाई काम गर्ने कुनै नैतिक अधिकार नभएको भन्दै राजिनामा दिन दवाव दिंदै कठालो समातेर बाहिर निकालेका थिए । उनले भ्रष्ट कर्मचारीलाई तह लगाउन आफुले कुटपीट गरेको स्वीकार गरेका छन् ।

वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई मेयर चौधरीले कुटपीट गरेका हुन्। केही समयको दौरानमा अर्का कर्मचारी रामबहादुर खड्कालाई पनि घुस लिएर नक्सा पास गरेको भन्दै कार्यालय बाहिर जान निर्देशन दिए। मेरो अगाडी एक मिनेट नबस् तँ घुस्याहा भन्दै थर्काएको खड्का बताउँछन्।

आफैँले नियुक्ति गरेका कर्मचारी खड्कालाई घिसार्दै कार्यालयबाट निकाले। इटहरीका स्थानीय चाणक पोखरेलको परिवारबाट घुस लिएको भन्दै मेयरले कर्मचारी खड्कालाइ निकालेका थिए।

घर सम्पन्नको प्रमाणपत्र दिने नाममा सेवाग्राहीबाट घुस लिएको भन्दै मेयर चौधरीले अश्लिल गाली गर्दै खड्कालाइ निकालेका हुन्। आफूले घुस नलिएको तर मेयर चौधरीले उजुरीको आधारमा आफूलाई गालीगलौजसहित दुर्व्यवहार गरेको कर्मचारी खड्काले दाबी गरेका छन्।

बुधबार मेयर चौधरीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरू कृष्ण बहाब भट्टराई र विकल रेग्मीलाई नगरपालिका परिसरमै गालीगलौज गर्दै हप्काएका छन्। उनले पत्रकारले प्रश्न सोध्दा उल्टै अभद्र शैलीमा लोपारेका थिए। कर्मचारी कुटेको विषयमा प्रतिक्रिया लिन खोज्दा मेयर चौधरीले पत्रकार रेग्मीको कठालो समाते। भने भट्टराइलाई सार्वजनिक स्थलमा अभद्र शैलीमा हप्काएका छन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv