सिके राउतको दललाई निर्वाचन आयोगले दियो मान्यता
काठमाण्डौं,जेठ ९ । डा सिके रावतले निर्वाचन आयोगमा दल दर्ता गरेको प्रमाण पत्र पाएका छन । आफ्नो टुइटरमा निर्वाचन आयोगले दिएको प्रमाण पत्र को फोटो पोस्ट पोस्ट गर्दै भनेका छन “सबै जनता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक एवं नेतागणलाई धेरै धेरै बधाई र धन्यवाद ब्यक्त गरेका छन ।
खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ बैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए ।
जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार सोमबार आयोगले वैधानिक रुपमा पार्टी दर्ता गरेपछि सो दलले थप काम अगाडि बढाउने छ । गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेपछि राउत नेतृत्वको समूहले ‘जनमत पार्टी’ नामको दल सञ्चालन गरेको हो ।
यसअघि राउतसहित उनका कार्यकर्ताले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका थिए ।