भारतमा मोदिले जित्दा बिरगन्जमा खुशीयाली

काठमाडौं,जेठ १० । भारतमा लोकसभा निर्वाचनमा सत्तारुढ भाजपाले बहुमत ल्याएपछि नेपालको वीरगन्जमा खुसीयाली मनाइएको छ। विभिन्न समूहले वीरगन्जमा ब्यानरसहित र्‍याली निकालेका छन्।

सहर परिक्रमा गर्दै विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ भने मिठाइ पनि बाडिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जितको खुसीयालीमा विश्व हिन्दू संगठन ओईसही नागरिक समाजले र्‍याली निकालेका हुन्। र्‍यालीमा हर हर मोदी, घर घर मोदी, आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाएका थिए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv