निता ढुंगाना र आमेश अभिनित म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं,जेठ १० । काठमाण्डौ। नायिका निता ढुंगाना र नायक आमेश भण्डारी अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको गीतको भिडियोमा नीता र आमेश जोडी बनेका छन् ।

केहि बर्ष पहिले गहिरो प्रेममा रहेका नीता र आमेशको झण्डै तीन बर्ष अगाडी ब्रेकअप भएको थियो । ब्रेकअप पछि आ-आफ्नो तरिकाले काम गरिरहेका उनिहरुले पहिलोपटक म्यूजिक भिडियोमा काम गरेका हुन् । यसअघि उनिहरुले दुई चलचित्रमा सँगै काम गरेका थिए । यो भिडियोमा अभिनय गरेसँगै आमेश र नीताको प्याचअप भएको खबरहरु पनि बाहिरिएका थिए । यद्यपी उनिहरु भने अहिले आफुहरु मिल्ने साथी भएको बताउँछन् ।

नायक भण्डारी आँफै गायक समेत हुन् । उनले यसअघि आफ्ना गीतहरुमा मात्र अभिनय गर्दै आएका थिए । नीताले अभिनय गर्ने भएपछि गीत पनि राम्रो भएको कारण पहिलो पटक अरुको गीतमा अभिनय गरेको उनले बताए । यसबाट नीता र आमेशबीच पुन: सम्बन्ध सुध्रिएको अनुमान लगाउन सकिन्छ ।

मिलन सुर्खेतीको संगीत रहेको यस गीतमा योगेन ढोलीको शब्द रचना रहेको छ । रोशन दाहालको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई बिदुर सिवाकोटीले निर्देशन तथा कोरियोग्रा‍फी गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv