आज शुक्रबारबाट चलचित्र ‘कप्स’ सिनेमा हलमा रिलिज

काठमाण्डौ,जेठ १७ । चलचित्र ‘कप्स’ (सत्य सेवा सुरक्षणम्) आज शुक्रबारबाट देशव्यापी सिनेमा हलमा रिलिज हुंदैछ ।

चलचित्र काठमाडौं उपत्यकामा २० र मोफसलमा ५० गरी ७० ओटा सिनेमा हलबाट रिलिज हुने यसका निर्देशक एवम् कलाकार सम्राट सापकोटाले जानकारी गराएका छन् ।

तीन दशकदेखि कलाकारितामा सक्रिय अभिनेता सम्राटको यो पहिलो निर्देशन हो । आफ्नो सिनेमा अहिलेको समसामयिक बिषयबस्तुमा आधारित एक्सन प्रधान, सोसियल जनराको रहेको निर्देशक सापकोटाले जानकारी गराए ।

‘कप्स आफैं प्रहरी भएकाले हाम्रो सिनेमा पनि एकजना प्रहरी अधिकारीले मुलुकमा भ्रस्टाचार बिरुद्ध गरेको सँघर्षको कथा यसमा छ । चलचित्र कप्स ‘थ्रि पी’ अर्थात ‘पोलिटिक्स, पुलिस र पब्लिक’मा केन्द्रित रहेको छ । मुलुकमा बढ्दो, अपहरण, बलात्कार, हत्या, गुन्डागर्दीले समाजमा निम्त्याएका समस्या र त्यसलाई नियन्त्रण गर्न प्रहरीको भोग्नु परेको चुनौतीको सेरोफेरोमा यो फिल्म केन्द्रित छ ।’ निर्देशक सापकोटाले भने । यो चलचित्रलाई उनी आफैंले लेखेका हुन् ।

राम शाक्यले निर्माण गरेको यो फिल्ममा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, स्वयम्भुराज शाक्यको संगीत छ । चलचित्र कप्समा अनुपबिक्रम शाही, संदिपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, रोशन सुवेदी, सुन्दर श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रमा प्रहरी नायव उपरिक्षकको रुपमा अभिनेता अनुप बिक्रम शाहीलाई उतारिएको छ । यस अघि प्राय खलचरित्रमा उत्रने गरेको अनुपलाई कप्समा एउटा सक्षम र देशभक्त प्रहरीको रुपमा प्रस्तुत गरिएको पनि निर्देशक सापकोटाले बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv