अबको प्रधानमन्त्री म हुँ’ भन्ने प्रचण्डलाई दिल्लीबाटै ओलीले दिए यस्तो जवाफ
काठमाण्डौं,जेठ १७ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकार चलाउने विषय उठान गरेपछि प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले दिल्लीबाटै जवाफ दिएका छन् । नेकपाका अध्यक्ष दाहालले एउटा टेलिभिजनमा अन्तरवार्ता दिंदै अबको प्रधानमन्त्री बन्ने पालो आफ्नो भएको बताएका थिए । बिहीबार नरेन्द्र मोदीको शपथ ग्रहणका लागि दिल्ली पुगेका प्रधानमन्त्रीले आलोपालो सरकार चलाउने पहिला नै सहमति भएको प्रष्ट पारेका छन् ।
भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार यो कुरा नयाँ नभएको र पहिले नै सार्वजनिक भएको विषय भएको बताए । उनले अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएको प्रतिकृया दिए । तत्कालिन नेकपा एमाले र माओवादी बिचको एकिकरणका क्रममा दुई अध्यक्षबीच भएको भनिएको गोप्य ५ बुँदे सहमति अहिले सार्वजनिक भएको छ । सो सहमतिमा आवश्यकता अनुसार आलोपालो सरकार र पार्टीको नेतृत्व गर्न सकिने उल्लेख छ ।
नेकपाका अध्यक्ष प्रचण्डले एक टेलभिजिनसँगको अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा भएको आलोपालो सरकार चलाउने सहमतकि प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए । साथै प्रधानमन्त्री अोलीले प्रचण्डले केही वर्षपछि आफू नै प्रधानमन्त्री बन्ने बताएको विषयमा ठट्टा गर्दै केही वर्ष हैन ४ /५ दिन मात्रै बाँकी रहेको बताए ।