शुरु भयो रेखाको ‘मालिका’
काठमाडौं,२७ बैशाख । रेखा फिल्मस्को पाँचौ प्रस्तुतिको रुपमा निर्माण हुन लागेको चलचित्र ‘मालिका’ सोमबारबाट छायांकनका लागि फ्लोरमा निस्किएको छ।
बालुवाटारबाट सुरु भएको छायांकनमा रेखा आँफैले निर्देशन गर्दै छिन । जाजरकोटकी १४ वर्षीया कमला ओलीलाई रेखाले उक्त चलचित्रबाट डेब्यु गराउदै छिन । जसले कहिलै टि.भी समेत देखेकी छैनन ।
पहिलो पटक उनी आफ्नो हजुरबुवा सँग गाडी चढेर काठमाडौं आएकी हुन । रेखाले चलचित्र ‘मालिका’ नारीप्रधान कथामा बन्न लागेको बताएकी छिन ।