राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल नियुक्त

काठमाण्डौं,जेठ १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले सो कुराको जानकारी गराएका हुन् । उनलाई ७ हजार अमेरिकी डलर पारिश्रमिक दिनेगरी नियुक्त गरिएको सचिव विष्टले बताए ।

पटवालको पारिश्रमिक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उपलब्ध गराउने छ। नियुक्त हुनुअघि नै ‘पटवाल नेपाल आइसकेका थिए । राखेपले प्रशिक्षक उपलब्ध गराउनका लागि आईसीसीसँग गरेको अनुरोधका आधारमा उनलाई नियुक्त गरिएको हो । सोही अनुसार आईसीसीले पटवाललाई प्रशिक्षकका रुपमा पठाउने निर्णय गरेको हो।

पटवालले जुन १० तारिखदेखि आफ्नो जिम्मेबारी समाल्ने छन्। नेपाल क्रिकेट संघ (क्यान) तीन वर्षभन्दा लामो समयदेखि आईसीसीको निलम्बनमा रहँदै आएको छ। यसअघि जगत टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक थिए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv