छिन्नलता गीत पुरस्कार–२०७५ बद्री दुर्गा खरेललाई प्रदान गरिने

काठमाण्डौं,जेठ १९ । छिन्नलता गीत पुरस्कार–२०७५ बद्री दुर्गा खरेललाई प्रदान गरिने भएको छ । छिन्नलता गीत पुरस्कार गुठीको जुरीले नेपाली संगीतमा लामो समयदेखि पुर्‍याएको योगदानका लागि गायक–संगीतकार बद्री दुर्गा खरेललाई प्रदान गर्ने निर्णय गरेको हो ।


खरेलले गएको वर्ष गोपाल योञ्जनको नाममा स्थापित पुरस्कार पाउनुभएको थियो । यस्तै छिन्नलता विशेष सम्मानबाट गायिका तीर्थ कुमारी, गीतकारतर्फ बुद्धवीर लामा, गायकतर्फ यम बराल र युवा पुरस्कारबाट लोक दोहोरी गायक प्रकाश सपूतलाई सम्मान गर्ने निर्णय भएको छ ।

आउँदो असारमा विशेष कार्यक्रम गरी पुरस्कार प्रदान गरिनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv