काठमाडौंका सडकमा लाग्यो फेरी अर्को नयाँ नियम, मालबाहक गाडीलाई समस्या

काठमाडौं,जेठ १९ । काठमाडौंका सडकमा अब दिउसोको समयमा ठूला ठूला सामान लोड गरेका गाडी चल्न रोक लाग्ने भएको छ । दिउसोका समयमा मालवाहक सवारी प्रवेश र सञ्चालनमा रोक लाग्ने भएको हो । हो नियम आगामी असार १ गतेबाट लागू हुनेछ । विहान देखि साँझ सम्म काठमाडौंका सडकमा मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाउन लागिएको हो । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन पाइने छैन ।

यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ । आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको छ । दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन ।

काठमाडौंको मुख्य नाकामा जामको समस्या तीव्र भएपछि विभागले यस्तो नियम लगाउन लागेको जनाएको छ । काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय भएको विभाग स्रोतले जनाएको छ । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ ।

त्यसैगरी चक्रपथ बाहिरको चाबहिल जोरपाटी सडक, गोपीकृष्ण कपन सडक, नारायणगोपाल चोक बुढानीलकण्ठ सडक, बालाजु बाइपास गोलढुंगा सडक, बगडोल नख्खु सडक, सातदोबाटोहरिसिद्धी सडक, ग्वार्को चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी सञ्चालन गर्न रोकिने छ ।

काठमाडौं उपत्यकामा बढ्दो जाम न्युनीकरण र सहज रुपमा नाका सञ्चालनको व्यवस्थापनका लागि यो व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक कुमार दाहालले बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv