ललितपुरको धोबीघाटमा डरलाग्दो दुर्घटना,पत्रकारसहित दुईको मृत्यु

काठमाण्डौं,जेठ १९ । ललितपुर महानगरपालिका–३ धोबीघाटस्थित नयाँ बाटो रिङरोडमा स्कोरपियो, पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

एकान्तकुनाबाट बल्खुतर्फ आउँदै गरेको बा १६ च ४७४३ स्कोरपियो गाडीले बल्खुबाट एकान्तकुनातर्फ जाँदै गरेको बा ११ च ८९४९ बोलेरो गाडी, बा १२ च ५७७६ नम्बरको महेन्द्रा पिकअप भ्यान र बा ४३ प ९८६३ नम्बरको पल्सर मोटरसाइकललाई आइतबार अपरान्ह ठक्कर दिँदा दुईको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र सवार यात्रुलाई उपचारका लागि नर्भिक अस्पताल लगे पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

महानगरिय प्रहरी परिसर ललितपुर प्रहरीका डिएसपी नारायण चिमोरियाले अस्पताल पुर्याएलगत्तै मृत घोषणा गरिएको जानकारी दिनुभयो ।दुर्घटनामा परी नुवाकोट घर भई काठमाडौं कलंकी बस्दै आएका मोटरसाइकल चालक २८ वर्षीय चन्द्रमणि मुडवडी र मोटरसाइकलको पछाडि बसेका ललितपुर गोदावरीका ४० वर्षीय गोविन्द शर्माको मृत्यु भएको हो । शर्मा तात्कालिन प्रेस सेन्टर नेपालका काठमाडौं अध्यक्ष हुन । ठक्कर दिने सवारी चालकलाई नियन्त्रणमा राखिएको डिएरपी चिमोरियाले बताउनु भयो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv