पाल्पामा बिशालु च्याउ खादा २ जनाको मृत्‍यु ९ जना गम्भिर घाईते

काठमाण्डौं,जेठ २९ । पाल्पाको नेस्टी गाउँपालीका वडा नं ३ सार्की डाँडाका स्थानिय बासिन्दाले गत शुक्रबार बिशालु च्याउ खाँदा ११ जना मध्ये २ जनाको उपचारका क्रममा मृत्‍यु भएको छ ।


उनिहरुलाई काठमाण्डौका त्रि वि शिक्षण अस्पताल महाराजगंज,के एम सी अस्पातल र ग्रान्डी अस्पातलमा भर्ना गरिएको ठकुरी सहयोग संजाल ले जनाएको छ ।

गत शुक्रबार जङ्गली बिसालु च्याउ खादा ८ जना ठकुरी ३ जना मगर गरी ११ जना गम्भिर बिमारी भयपछी गाँउलेले बिरामीहरुलाई बोकेर शनिबार सार्किडाँडा बाट हुसेकोट्सम्मको डेढ घण्टाको पैदल यात्रा र हुसेकोट्बाट डेढ घण्टा सवारीसाधन मार्फत परासिको मध्यबिन्दु अस्पतालमा लगिएको र अस्पतालले २६ गते भरतपुरको पुरानो मेडिकल कलेजमा रिफर गरेको र उक्त अस्पतालमा उपचारको क्रममा आईतवार ४ बर्षका बिष्णु सिंह ठकुरी र ८ बर्षको निर्मला सिंह ठकुरीको निधन भयको ठकुरी सहयोग संजाल पाल्पाका अध्यक्ष्य हुम शाहीले जानकारी दिए ।

उपचारको क्रममा रहेकालाई आर्थिक अभाब भएको जानकारी आएपछी शाहले आर्थिक सहयोगको लागि सबै सँग अनुरोध गरेका छन । आर्थिक सहयोग सम्पर्कका लागि ठकुरी सहयोग संजाल केन्द्रिय कार्यलय तथा अध्यक्ष्य अजय मल्ल (+९७७९८५१०७९९८०) र प्रदेश नम्बर ५ का प्रमुख संयोग जंग शाह (+९७७९८५११८८१०५) मा सम्पर्क गरी सहयोग गर्न सकिने छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv