ओम अस्पतालमा फेरी गडबडी: पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटियो, अस्पतालमा तनाव

काठमाण्डौ,जेठ ३१ । चावहिलस्थित ओम अस्पतालमा चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै आफन्तले गरेको प्रदर्शनका कारण अस्पताल तनावग्रस्त भएको छ । पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएका छन् । अस्पतालमा आफन्तले नारावाजी गरेका छन् ।

पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आफन्तहरुको आरोप छ । पित्त थैलीको अप्रेसन गर्न अस्पताल गएका उनीहरू भर्ना भएर अप्रेसन भएको थियो । यस अघि पनि ओम अस्पतालमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै २ पटक आफन्तले विरोध गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv