बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, चार घाइते

धगगढी,असार २ । बझाङ सदरमुकाम चैनपुरको डुङग्री भन्ने स्थानबाट मष्टा गाउँपालिका जाँदै गरेको स। १ ज १०७२ नम्बरको जीप सोमवार डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउसो २.४५ मा उक्त जीप दुर्घटनामा परेको हो । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी सुरज केसीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन समेको छैन । जीप दुई सय मिटर भीरमा खसेकाले घाइतेहरूको उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ।

भीरबाटै पनि चार जनाको उद्धार गरिसकेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जीप भीरमा अड्किएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसी सहितको प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।

प्रमुख जिल्ला अधिकारी सुनारले हेलिकप्टरबाट घाइतेहरूलाई अस्पतालसम्म पुर्याउने प्रयास भइरहेको जानकारी दिए । जीपको गियर फेल भएकाले दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। गियर डाउन गर्दा फ्रि भएपछि स्पिडमा रहेको जीप दुर्घटना भएको हुन सक्ने डीआईजी केसीले बताए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv