भैरहवा विमानस्थलमा भारतीय नागरिक हतियार सहित पक्राउ
काठमाण्डौं,असार ३ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा हतियार सहित भारतीय नागरिक पक्राउ परेका छन् । मंगलवार दिउसो हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।
गौतमबुद्ध विमानस्थलबाट पोखरा जान बुद्ध एयरको टिकट काटेका भारतीय नागरिकको साथमा हतियार भेटिएको हो अहिले ति भारतिय नागरिक प्रहरीको नियन्त्रणमा छन् ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको लखनउस्थित सिन्दु नगरका ५० वर्षीय उमेश शुक्ला रहेको प्रहरीले जनाएको छ । विमानस्थलमा एक्सरे मेसिनमा चेक गर्दा मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल र सोही पेस्तोलमा लाग्ने १३ राउन्ड (दुई म्याग्जीन) गोली फेला परेको हो।
उनी हतियार सहित पोखरा किन जान लागेका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको भैरहवा प्रहरीले जनाएको छ । शुक्लामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराजा भण्डारीले जानकारी दिए।