रियालिटी सो ‘नेपाल लोक स्टार’ १२ असारदेखि एपी वान टेलिभिजनमा

काठमाण्डौं,असार ३ । रियालिटी सो ‘नेपाल लोक स्टार’ १२ असारदेखि प्रसारण हुने भएको छ । आयोजकले एपी वान टेलिभिजनबाट कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ ।

सात प्रदेशबाट छानिएका ३ सय ५० प्रतिस्पर्धीबाट शीर्ष २५ जना छनोट भइसकेका छन् । १६ फागुनबाट सुरु भएको लोक स्टारको अडिसन २५ चैतमा सम्पन्न भएको थियो ।

निर्णायकका रूपमा जयनन्द लामा, रामजी खाँड, सुनिता दुलाल र बीबी अनुरागी रहने भएका छन् । प्रत्येक बिहीबार र शुक्रबार बेलुका साढे ८ बजेदेखि एपी वान एचडीबाट कार्यक्रम प्रसारण हुनेछ । यसका ३६ शृंखला छन् ।

आईएमी पेको एपमार्फत प्रतिस्पर्धीलाई मतसमेत दिन सकिनेछ । उत्कृष्ट तीन जनालाई पुरष्कृत गरिने आयोजकले बताएको छ । प्रथमले ५० लाख, द्वितीयले २५ लाख र तृतीयले १० लाख नगद प्राप्त गर्नेछन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv