सर्लाहीमा प्रहरी र विप्लवबीच दोहोरो भिडन्त, जिल्ला इन्चार्जको मृत्यु, अन्य तीन जना फरार

सर्लाही,असार ६ । सर्लाहीको लालबन्दीमा बिहीवार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको छ । उक्त भिडन्तमा गोली हानाहान हुँदाप्रहरीको गोलीबाट विप्लवका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित जंगलमा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको प्रहरीले जनाएको छ । दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको प्रहरीको भनाई छ ।

चार जनामध्ये पौडेलको घटनास्थलमै मृत्यु भएको हो। अन्य तीन जना फरार रहेको पोखरेलले बताए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv