इटहरीका मेयर चौधरीलाई पागलखानामा लैजान कांग्रेस सांसद्को माग (भिडियाेसहित)

काठमाण्डौं,असार ७ । नेपाली कांग्रेसकी नेतृ तथा प्रदेश १ को प्रदेशसभा सदस्य विन्दिया कार्कीले इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकालाल चौधरीलाई नेकपाले छाडा छोडेको आरोप लगाउनु भएको छ ।
पटक पटक विवादमा आउने गरेका मेयर चौधरीले पछिल्लो समय महिलाले प्रयोग गर्ने लिपिष्टिक, गर्भ निरोधक औषधि पिल्स जस्ता कुराहरु यौनधन्दामा लागेको महिलाले मात्र खान्छन भनेर सार्वजनिक मञ्चमा बोल्दा पनि पार्टीले केही नगरेको सांसद कार्कीको तर्क छ ।

साथै सांसद् कार्कीले मेयर चौधरीलाई पागलको संज्ञा दिंदै उनलाइ पागलखानामा लैजानसमेत आग्रह गर्नुभएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उहाँले चौधरीको अभिव्यक्तिले सिंगो महिलाहरुको अपमान भएकाे ठहर गर्दै यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो – “के पार्टीले मेयर चौधरीलाई छाडा साँढेजस्तै गरी डामेर छाडेको हो ? ’ उहँलाई कि त सुधार गर्नु पर्यो, कि पागलखानामा लान सक्नुपर्यो । नेकपाले के मेयर चौधरीलाई छाडा छाडेको हो ?’ कि त नेकपाले पार्टीको सिद्धान्त नै यही हो भनेर भन्नु पर्यो ।” सांसद् काकीले मेयर चौधरीलाई गैर जिम्मेवार हुँदा पनि पार्टीले वास्ता नगरेको बताउनु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv